close

नेपालसहितका देशमा आईटी जनशक्ति विकास गर्न ११ अर्ब लगानी गर्दै ह्वावे

टेकपाना टेकपाना

असार २५, २०७८ १७:३९

नेपालसहितका देशमा आईटी जनशक्ति विकास गर्न ११ अर्ब लगानी गर्दै ह्वावे

काठमाडौं । ह्वावेले ‘सिड्स फर द फ्युचर प्रोग्राम २.०’ को घोषणा गरेको छ । यो कार्यक्रममार्फत ह्वावेले आफ्नो व्यवसाय सञ्चालन गरेका देशहरूमा आगामी पाँच वर्षमा डिजिटल प्रतिभा विकास गर्न १५ कराेड अमेरिकी डलर (करिब ११ अर्ब १९ लाख रूपैयाँ) लगानी गर्ने योजना राखेको छ ।

यो कार्यक्रमले ३० लाखभन्दा बढी मानिस लाभान्वित गर्ने आशा गरिएको छ । ह्वावेले बिहीवार आयोजना गरेको ‘टेक एण्ड सस्टेनेबिलिटी: एभ्रिवान्स इनक्लुडेड’ फोरममा बोल्दै ह्वावेका अध्यक्ष लिआंग हुआले कलेजका विद्यार्थी र युवालाई उनीहरूको डिजिटल सीप सुधार गर्न लगानी गर्न लागेको जानकारी दिए ।

‘डिजिटल सीप र साक्षरता डिजिटल अर्थतन्त्रको लागि आधारशिला मात्र होइन, संयुक्त राष्ट्रले परिभाषित गरेको आधारभूत मानव अधिकार पनि हो,’ हुआले भने ।

उनले अगाडि भने, ‘आज हामी ह्वावेको सिड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा गर्दै छौं । प्रतिभाको निरन्तर विकास गर्ने हाम्रो प्रतिबद्धताको एक भागको रूपमा हामी आगामी पाँच वर्षमा यस कार्यक्रममा १५० मिलियन अमेरिकी डलर लगानी गर्ने छौं र कलेज विद्यार्थी र युवाहरूलाई उनीहरूको डिजिटल सीप सुधार गर्न मद्दत गर्ने छौं । कार्यक्रमले ३० लाखभन्दा बढी मानिसहरूलाई लाभान्वित गर्ने आशा गरिएको छ ।

ह्वावे सञ्चालनमा रहेको देशहरुमा डिजिटल प्रतिभा विकास गर्न सहयोग गर्ने ह्वावेको प्रतिबद्धता छ । ह्वावेले २००८ मा छात्रवृत्ति कार्यक्रम, प्रविधि प्रतिस्पर्धा र डिजिटल खुबी प्रशिक्षणहरु संचालनमा ल्याएको थियो र यस्ता कार्यक्रमहरु सुचारू गर्न १५० मिलियन भन्दा बढी लगानी गरेको थियो । ह्वावेले १५० भन्दा बढी देशका १.५४ मिलियन भन्दा बढी मानिसहरूलाई लाभान्वित गरिसकेको छ ।

थाइल्याण्डमा २००८ मा शुरू गरिएको सिड्स फर द फ्यूचर कार्यक्रम स्थानीय प्रतिभालाई प्रेरित गर्न र समाजका बीजहरुलाई समाजमा डिजिटल चुनौतीहरूको सामना गर्न प्रोत्साहित गर्न डिजाइन गरिएको हो । कार्यक्रमले एसिया प्रशान्तमा ५,००० भन्दा बढी विद्यार्थीहरुलाई लाभान्वित तुल्याएको छ ।

फोरमको प्रतिध्वनिका रूपमा ह्वावे एसिया प्रशान्तले APAC मिडिया भर्चुअल राउन्डटेबल लेजर फोकसका साथ यस क्षेत्रको डिजिटल समावेशीकरण र दिगो विकासलाई ध्यानमा राखी सञ्चालन गरेको थियो ।

ह्वावे एसिया प्रशान्त महासंघका उपाध्यक्ष जे चेनले आगामी पाँच वर्षमा यस क्षेत्रको भविष्यका लागि सिड्स फर द फ्युचर लगायतका कार्यक्रममार्फत ४० हजारभन्दा बढी आईसीटी प्रतिभा उत्पादन गर्ने योजना घोषणा गरे ।

एसिया प्रशान्तमा ह्वावे समावेशी प्रतिभा इकोसिस्टम निर्माणको लागि दृढ सक्षमकर्ता भएको छ । ह्वावे एसियान एकेडेमी थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा २०१९ देखि शुरू भएको हो र डिजिटल भविष्यका लागि एक लाखभन्दा बढी प्रतिभाको तयारी भइसकेको छ ।

महामारीको बीचमा जे चेनका अनुसार, ‘शीर्ष विश्वविद्यालयहरूसँग सहकार्य द्रुत गतिमा भइरहेको छ । हालसम्म, ह्वावेले एसिया प्रशान्तभरका देशमा करिब दुई सयभन्दा बढी विश्वविद्यालयहरूसँग सहकार्य निर्माण गरिसकेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३