close

ओप्पोको कलर ओएस अब अमेजन क्लाउडमा

टेकपाना टेकपाना

असार २९, २०७८ १८:७

ओप्पोको कलर ओएस अब अमेजन क्लाउडमा

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी ओप्पोले आफ्नो अपरेटिङ सिस्टम कलरओएसका प्रयोगकर्तालाई थप शक्तिशाली क्लाउडमा आधारित सेवा दिने भएको छ । कम्पनीले यसका लागि एमेजन वेब सर्भिस (एडब्लूएस) सँग सहकार्य गरेको हो ।

यी सेवाहरूलाई ईप्राइभेसी, सीएसए स्टार र आईएसओ (आईएसओ/आईईसी २७००१, २७०१८, २९१५१) बाट प्रमाणीत गरिएको छ । एडब्लूएस मार्फत ओप्पोले आफ्ना प्रयोगकर्तालाई तस्वीर, भिडियो, कन्ट्याक्ट्स, नोट्स लगायत आवश्यक डेटाहरू क्लाउडमा सहजै स्टोरेज गर्न सुरक्षित डेटा स्टोरेज सेवा उपलब्ध गराउनेछ ।

यसका लागि ओप्पोले सिंगापुर, फ्रान्स र भारतमा रहेका एडब्लूएसका पूर्वाधारको प्रयोग गरी एमेजन अउरोरा र एमेजन सिम्पल स्टोरेज सर्भिस (अमेजन एसथ्री) लगायत क्लाउडमा आधारित सेवाहरूलाई गति प्रदान गर्नेछ । ओपो इन्टरनेसनल इन्टरनेट बिजनेसका प्रबन्ध निर्देशक डेभिड कुले प्रयोगकर्तालाई सर्वोत्कृष्ट प्रयोगको अनुभव प्रदान गर्न एडब्लूएससँग सहकार्य गरिएको बताए ।

‘ओप्पोका उपकरणहरूमा हाम्रो स्वामित्वको कलरओस सञ्चालन प्रणालीमा डेटा गोपनीयता र सुरक्षामा थप सटिकता प्रदान गर्न सघाएको छ,’ उनले भने । एण्ड्रोइड ११ मा आधारित विद्यमान कलरओएस ११ ले ओपोको प्राइभेट सिष्टम, प्राइभेट सेफ र पर्सनल इन्फरमेसन प्रोटेक्सन लगायतका फिचस मार्फत प्रयोगकर्ताको सुरक्षा सुनिश्चितता प्रदान गर्ने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३