close

गुगल क्रोमको अपडेटमा समस्या, ७९ भर्सनको अपडेट स्थगित

टेकपाना टेकपाना

मंसिर ३०, २०७६ ११:५५

गुगल क्रोमको अपडेटमा समस्या, ७९ भर्सनको अपडेट स्थगित

सामान्यतया क्रोममा अपडेट आउनु राम्रो हो । हरेक पटक आउने अपडेटमा नयाँ नयाँ सुविधा थपिएर आएको हुन्छन् भने, सुरक्षाको दृष्टीकोणले पनि थप प्रभावकारी बनाइएको हुन्छ ।

तर, पछिल्लो पटक गुगलले उपलब्ध गराएको क्रोमको अपडेट भर्सन क्रोम ७९ मा भने समस्या देखिएको छ । जसका कारण गुगलले हाललाई उक्त अपडेट स्थगित गरेको हो ।

एन्ड्रोइड प्रयोगकर्ताले गुगल क्रोममा प्रयोग भएका थर्डपार्टी एपबाट डाटाको पहुँचमा समस्या देखिएको भन्दै गुनासो गरेपछि गुगलले क्रोमको अपडेटलाई बन्द गरेको हो । क्रोममा प्रयोग भएका थर्ड पार्टी एपका कारण डाटा देखिएतापनि त्यसमा कुनै पहुँच नदिने समस्या देखिएको छ ।

कतिपय थर्ड पार्टी एप क्रोमको वेभभ्यूमा निर्भर भएकाले यस्तो समस्या देखिएको उल्लेख गरिएको छ । त्यसबाट अहिलेसम्म कुन एपलाई बैभन्दा बढी प्रभाव पारेको छ भन्ने कुनै यकिन नभएतापनि ट्वीटर लाईटमा भने समस्या देखिएको पुष्टी भएको छ ।

गुगल क्रोममा देखिएको यो समस्या एन्ड्रोइड पोलिशले पत्ता लगाएको हो । उक्त समस्याको समधानमा गुगल लागेको छ । उपडेटमा देखिएको समस्या समाधान नभएको खण्डमा पुरानै भर्जनमा ग्राहकलाई सेवा दिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३