close

आईसीटी प्रयोग गरी विद्यालयका श्रव्य तथा श्रव्यदृश्य उत्पादन गर्ने शिक्षकको सूची तयार हुँदै

टेकपाना टेकपाना

साउन १६, २०७८ ८:२५

आईसीटी प्रयोग गरी विद्यालयका श्रव्य तथा श्रव्यदृश्य उत्पादन गर्ने शिक्षकको सूची तयार हुँदै

काठमाडौं । शैक्षिक तथा मानव स्रोत विकास केन्द्रले आईसीटी प्रयोग गरी विद्यालयका श्रव्य तथा श्रव्यदृश्य उत्पादन गर्ने शिक्षकको सूची तयार पार्ने भएको छ ।

केन्द्रले विद्यालय शिक्षाका स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई पूरक सामग्रीको रूपमा आईसीटीको प्रयोगमार्फत गुणस्तरीय श्रव्य तथा श्रव्यदृश्य पाठहरू उत्पादन गरी रेडियो र टेलिभिजनबाट प्रसारण गर्नका लागि कक्षागत र विषयगत विज्ञ शिक्षकहरूको सूची तयार पार्न लागेको हो ।

कक्षा १ देखि १० कक्षासम्म शिक्षण गर्नका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह र कक्षा ११ र १२ का लागि सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी तालिम प्राप्त गरेका र विद्यार्थीहरूको स्तर, रूचि, उमेर समूह र क्षमता बमोजिम उत्प्रेरणा प्रदान गर्न सक्ने तथा विषयगत ज्ञान, सिप र कला कौशलसहित अन्तरक्रियात्मक शैलीमा आईसीटीको प्रयोग गरी शिक्षण गर्नसक्ने देशभरका इच्छुक विज्ञ शिक्षकहरूले सूचीकृत भदौ १५ गतेभित्र निवेदन सक्ने केन्द्रले जनाएको छ ।

रु.१० को टिकट टाँसी तोकिए बमोजिम संलग्न गर्नुपर्ने विवरण आफैँले प्रमाणित गरी निवेदन दिन केन्द्रले अनुरोध गरेको छ । सूचीकृत हुन चाहने शिक्षकले सम्पूर्ण कागजातको स्क्यान कपी यो ईमेल ठेगानामा पठाउन वा केन्द्रमा आफैं गई निवेदन दिन सकिनेछ ।

सलग्न गर्नुपर्ने विवरण

१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. स्थायी र अस्थायी शिक्षक नियुक्ति पत्रको प्रतिलिपि

३. शैक्षिक योग्यता र तालिमका प्रमाणपत्रको प्रतिलिपि

४. सम्बन्धित कक्षा र विषय शिक्षण गर्दै आएको विद्यालयबाट प्रमाणित गरिएको पत्रको प्रतिलिपि

निवेदनको ढाँचा केन्द्रको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१