close

एसियाका स्टार्टअपका लागि १२ अर्ब लगानी गर्दै ह्वावे

टेकपाना टेकपाना

साउन २१, २०७८ १२:११

एसियाका स्टार्टअपका लागि १२ अर्ब लगानी गर्दै ह्वावे

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले स्टार्टअपका लागि १० कराेड डलर अर्थात् ११ अर्ब ९० करोड लगानी गर्ने भएकाे छ । सिंगापुर र हङकङमा एकैसाथ आयोजना भएको ‘ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिट’ मार्फत कम्पनीले एसिया प्रशान्तको स्टार्टअप इकोसिस्टममा लगानी गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार यो लगानी एसिया प्रशान्त क्षेत्रमा यसको स्पार्क कार्यक्रममा हुनेछ, जसको आगामी तीन बर्षमा यस क्षेत्रको लागि एक दिगो स्टार्टअप इकोसिस्टम निर्माण योजना कम्पनीको रहेको छ ।

ह्वावेले सिंगापुर, हङकङ, मलेसिया र थाइल्याण्डलाई आफ्नो स्टार्टअप हब बनाउन मद्दत गरिरहेको छ । यस कार्यक्रमले इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका र भियतनाममा चार अतिरिक्त स्टार्टअप हबहरुको विकासमा काम गर्ने घोषणा गरेको हो ।

स्पार्क एक्सिलेरेटर कार्यक्रममा एक हजार स्टार्टअप सहभागी हुनेछन् । त्यसमध्येबाट सय स्टार्टअप छनोट गरी त्यसलाई विस्तार गर्न सहयोग गरिनेछ ।

यसका साथै कम्पनीले उक्त कार्यक्रममार्फत स्टार्टअपलाई सहयाेग गर्न आफ्नो क्लाउड–प्लस–क्लाउड कोलाब्रेसन र ज्वाइन्ट इनोभेसन कार्यक्रमको समेत सुरुवात गरेको छ । यसको उद्देश्य प्रविधि इनोभेसन, ग्लोबल र स्थानीय सेवाहरु र व्यापार इकोसिस्टमलाई बढावा दिई स्टार्टअपको वृद्धिमा सघाउ पुर्‍याउने छ ।

एसिया प्रशान्त स्पार्क कार्यक्रमअन्तर्गत कम्पनीले थप तीन पहल सुरु गरेको छ । जसमा स्पार्क डेभलपर कार्यक्रम एक हो । जसको उद्देश्य एसिया प्रशान्त क्षेत्रमा ह्वावे क्लाउडद्वारा सञ्चालित एक डेभलपर इकोसिस्टमको ख्याल गर्नु हो ।

त्यस्तै अर्को भनेको स्पार्क पिटस्टप कार्यक्रम हो । स्टार्टअपलाई ह्वावे क्लाउड चलाउन र उनीहरुलाई सहयोग गर्न डिजाइन गरिएको कार्यक्रम हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१