close

ह्याकरलाई पोली नेटवर्कमा अवसर, ६ करोड राशीको बग बाउन्टी प्रोग्राम सुरु

टेकपाना टेकपाना

भदौ ३, २०७८ ११:२८

ह्याकरलाई पोली नेटवर्कमा अवसर, ६ करोड राशीको बग बाउन्टी प्रोग्राम सुरु

काठमाडौं । ह्वाइट ह्याट ह्याकरका लागि क्रिप्टो प्लेटफर्म पोली नेटवर्कले बग बाउन्टी प्रोग्राम ल्याएको छ । आफ्नो प्लेटफर्ममा भएका सुरक्षा कमजोरी पत्ता लगाउन प्रोत्साह गर्दै पोली नेटवर्कले कुल ५ लाख डलर (५ करोड ९४ लाख रुपैयाँ बढी) राशीको बग बाउन्टी प्रोग्राम घोषणा गरेको हो ।

ह्याकरले चोरी गरेको क्रिप्टोकरेन्सी फिर्ता दिएसँगै कम्पनीले आफ्नो सिस्टम चाँडै पुनः सञ्चालनमा ल्याउने र त्यसका लागि सिस्टममा हुनसक्ने थप कमजोरी फेला पार्नका लागि बग बाउन्टी प्रोग्राम समेत सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

कम्पनीले क्रिप्टो चोरी गरेर पनि फिर्ता गर्ने ह्याकरलाई यसअघि नै पाँच लाख अमेरिकी डलर अर्थात पाँच करोड ९४ लाख रुपैयाँ बग बाउन्टी रिवार्ड दिने घोषणा गरिसकेको छ ।

त्यसका अलावा कम्पनीले बग बाउन्टी प्रोग्राम नै सञ्चालन गरी कमजोरी पत्ता लगाउने बग बाउन्टरहरुलाई पुरस्कार उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त बग कार्यक्रम इम्युनिफमार्फत सुरु भएको छ । विभिन्न ब्लकचेनहरुलाई जोड्ने प्लेटफर्मको रुपमा रहेको पोली नेटवर्कको फरक फरक ब्लकचेनमा क्रिप्टोकरेन्सी ट्रान्सफर गर्ने प्रणालीमा रहेको कमजोरीको फाइदा उठाउँदै अज्ञात ह्याकरले पैसा चोरी गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१