close

अझै समाधान हुन सकेनन् आईफोन १४ मा देखिएका समस्या

टेकपाना टेकपाना

माघ ४, २०७९ ९:२०

अझै समाधान हुन सकेनन् आईफोन १४ मा देखिएका समस्या

काठमाडौं । आईफोन फोर्टिन प्रो र प्रो म्याक्समा देखिएका समस्याहरू अझै पनि समाधान हुन सकेको छैन । फोन सार्वजनिक भएको छ महिना हुन लाग्दा समेत फोनमा थप समस्याहरू देखिन थालेको हो । एप्पलले भने फोनमा देखिएका समस्याहरू समाधान गर्ने प्रयासमा रहेको जनाएको छ । 

फोन अनलक गर्दा अथवा पावर अन गर्दा स्क्रिनमा ठाडो लाइन देखिने समस्या अझै पनि समाधान हुन सकेको छैन । यसो हुनुमा फोनमा कुनै पनि हार्डवेयर सम्बन्धी समस्या नभएको कम्पनीले बताएको छ । नयाँ सफ्टवेयर अपडेटसँगै धेरै समस्याहरू समाधान हुने एप्पलको दाबी छ ।

यसको अर्थ कम्पनीले आईओएस १६.३ पनि चाँडै नै सार्वजनिक गर्ने तयारी पनि गरिरहेको बताइएको छ । हाल यसको बेटा भर्सन परीक्षणको क्रममा रहेको छ । यो भन्दा अगाडि आईओएस १६ सँगै तत्काल नयाँ अपडेटहरू दिँदै गएको थियो । तर यसले पनि कुनै फरक नपारेको प्रयोगकर्ताहरूको गुनासा रहेको फोर्ब्समा प्रकाशित लेखमा उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ ९:३२