close

बागलुङको खानीगाउँमा टेलिकमको फोरजी सेवा सुरु

टेकपाना टेकपाना

माघ ११, २०७९ ८:१३

बागलुङको खानीगाउँमा टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं । बागलुङ जिल्लाको खानीगाउँमा नेपाल टेलिकमको फोरजी सेवा सुरु गरेको छ । नेपाल टेलिकमले टुजी र थ्रिजी सेवाविस्तार गरेको एक वर्ष पछि ढोरपाटन नगरपालिकाको वडा नं ६ मा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । 

सेवा सञ्चालनमा आए सँगै त्यहाँका खानीगाउँ, खिबाङ, खोरिया, थाम्का र चामीदुवारका झन्डै २०० बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन । गाउँ देखि माथि डाँडामा १२ मिटर अग्लो टावरबाट फोरजी सेवा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।

फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोबाइल डेटा मार्फत इन्टरनेट चलाउन स्थानियलाई सहज भएको छ । 

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरूप देशैभर विकट र दुर्गम बस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडि बढाइरहेको सन्दर्भमा खानीगाउँमा फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ ८:१३