close

अरूलाई पासवर्ड शेयर गर्नबाट यसरी रोक्दैछ नेटफ्लिक्स

टेकपाना टेकपाना

माघ २१, २०७९ १७:१७

अरूलाई पासवर्ड  शेयर गर्नबाट यसरी रोक्दैछ नेटफ्लिक्स

काठमाडौं । गत वर्ष भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले 'पासवर्ड शेयरिङ' सुविधा बन्द गर्ने घो‌षणा गरेको थियो । त्यसपछि कम्पनीले केही देशमा यसको परीक्षण समेत थाल्यो ।

'पासवर्ड शेयरिङ'ले आफ्नो कमाइमा असर पुग्ने भन्दै कम्पनीले यो सुविधा बन्द गर्न लागेको बताएको थियो । धेरैलाई लाग्न सक्छ, यस फिचरले कसरी काम गर्छ ? आज हामी नेटफ्लिक्सले पासवर्ड शेयर गर्नबाट कसरी रोक्छ भन्नेबारे जानकारी दिँदै छौँ ।

कम्पनीको वेबसाइटमा रहेको एफएक्यु सेक्सन अनुसार नेटफ्लिक्स अकाउन्ट एउटै घरमा सँगै बस्नेहरूका लागि हो । त्यसो भएका हुनाले नेटफ्लिक्समा पहुँच पाउन अन्य लोकेसनमा रहेका व्यक्तिले आफ्नै अकाउन्ट प्रयोग गर्नुपर्ने छ ।

एउटै अकाउन्ट भिन्न भिन्न लोकेसनमा रहेको पत्ता लागे सो अकाउन्ट ब्लक हुने वेबसाइटमा उल्लेख छ । यसका लागि कम्पनीले प्रयोकर्ताबाट आईपी एड्रेस, डिभाइस आईडी र अकाउन्ट एक्टिभिटी जस्ता सूचना सङ्कलन गर्नेछ, जसबाट अकाउन्ट प्राइमरी लोकेसनमा भए/नभएको पत्ता लाग्ने कम्पनीले जनाएको छ ।

यदि नयाँ डिभाइसबाट भिन्न लोकेसनमा लगइन गरिए नेटफ्लिक्सले एक अस्थायी कोड पठाउने छ । जुन कोडबाट सात दिनसम्म उक्त स्थानमा नेटफ्लिक्स अकाउन्टमा लगइन गर्न सकिन्छ ।

यसले गर्दा प्राइमरी डिभाइस सँगै लिएर यात्रा गर्नेहरुलाई अन्य लोकेसनमा नेटफ्लिक्स प्रयोग गर्न कुनै समस्या नहुने वेबसाइटमा उल्लेख छ । तर प्रयोगकर्ताले ३१ दिन भित्र कम्तीमा एक पटक प्राइमरी लोकेसनमा भएको वाई-फाईमा भने डिभाइस कनेक्ट गर्नुपर्छ । 

योसँगै गत वर्ष नै कम्पनीले 'पासवर्ड शेयरिङ' सुविधा बन्द गर्न प्रोफाइल ट्रान्सफर फिचर ल्याएको थियो । यसबाट प्रयोगकर्ताले नयाँ नेटफ्लिक्स अकाउन्ट बनाएर पहिलेको अकाउन्टमा भएका हिस्ट्री, सजेसन र सेटिङ सार्न सक्छन् ।

नयाँ  व्यवस्था अनुसार पासवर्ड शेयर गरिएको खण्डमा प्रयोगकर्ताले थप शुल्क बुझाउनुपर्ने छ । नेटफ्लिक्सको यो कदमले आफैंले डलर भुक्तानी गर्न नसकी विदेशमा रहेका साथीहरूको अकाउन्टमार्फत नेटफ्लिक्समा जोडिएकाहरूलाई ठूलो असर हुनेछ ।

सम्बन्धित समाचार: अब आफन्त-साथीभाइलाई नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नपाइने

 

पछिल्लो अध्यावधिक: माघ २१, २०७९ १७:१७