close

पैसा तिरेर नेटफ्लिक्स चलाउनु कत्तिको फाइदाजनक छ ?

टेकपाना टेकपाना

असार ११, २०८० २१:२५

पैसा तिरेर नेटफ्लिक्स चलाउनु कत्तिको फाइदाजनक छ ?

काठमाडाैं । सन् १९९७ मा नेटिफ्लिक्स डीभीडीको व्यापार गर्ने कम्पनीका रूपमा जन्मेको थियो । तर पछि कम्पनीले आफ्नो बिजनेस मोडल परिवर्तन गर्‍याे । अहिले नेटफ्लिक्सले चलचित्र तथा टेलिभिजन कार्यक्रमहरू इन्टरनेटको माध्यमबाट संसारभर स्ट्रिमिङ गर्ने गरेको छ । 

नेटफ्लिक्सका अनुसार यो स्ट्रिमिङ सेवा विश्वको १९० बढी देशमा  उपलब्ध छ । तर चीन, उत्तर कोरिया, रुस, सिरिया लगायतका देशमा भने यो सेवा उपलब्ध छैन ।

यदि तपाईं नेटफ्लिक्स प्रयोग गर्ने सोचिरहनु भएको छ भने क्षेत्रीय इजाजतपत्रका कारण कन्टेन्ट फरक हुने कुरा थाहा पाउन जरुरी हुन्छ । तर भीपीएन प्रयोग गरेर तपाईंले भौगोलिक प्रतिबन्ध हटाउन सक्नुहुन्छ ।  

स्टाटिस्टाका अनुसार अहिले विश्वमा दुई करोड ३२ लाख बढीले नेटफ्लिक्सकाे सशुल्क सदस्यता लिएका छन् । तीमध्ये ७४.४ प्रतिशत अमेरिका र क्यानडाबाट रहेका छन् । नेटफ्लिक्सले आफ्नो सदस्यतालाई कन्टेन्ट हेर्नका लागि सजिलो बनाएको छ ।  ग्राहकले ल्यापटप, डेस्कटप, फोन लगायत विभिन्न डिभाइसमा नेटफ्लिक्स प्रयोग गर्न सक्छन् । तर कम्पनीले यसका लागि विभिन्न योजना बनाएको छ । 

नेटफ्लिक्सको सबैभन्दा सस्तो योजना भनेको ‘स्यान्डर्ड विथ एडस्’ हो । यसो मासिक शुल्क ६.९९ डलर प्रति महिना रहेको छ । त्यस्तै सबैभन्दा महँगो योजना प्रिमियम हो । यसको मासिक शुल्क १९.९९ डलर प्रति महिना छ । 

तर कम मूल्यको शुल्कमा भने प्रत्येक चार/पाँच मिनेटमा विज्ञापन बज्ने गर्छ । त्यस्तै नेटफ्लिक्सको सबै ‘लाइब्रेरी’ मा पहुँच पाउन सकिँदैन ।

त्यस्तै योजना अनुसार कन्टेन्टको गुणस्तर पनि फरक हुने गर्छ । सँगै अफलाइनमा हेर्ने सुविधा, एक पटकमा धेरै डिभाइसबाट हेर्ने संख्या जस्ता कुराहरू पनि योजनामा नै निर्भर हुने गर्छ । 

पछिल्लो समयमा नेटफ्लिक्सले पासवर्ड शेयरिङ फिचर बन्द गरेको छ । योसँगै भिन्न भिन्न ठाउँबाट एउटा अकाउन्ट चलाउन अतिरिक्त शुुल्क कम्पनीलाई बुझाउनु पर्ने हुन्छ । आज हामी त्यही सन्दर्भमा पैसा तिरेर नेटफ्लिक्स चलाउनु कत्तिको फाइदाजनक छ भन्नेबारे चर्चा गर्दै छौँ । 

नेटफ्लिक्सको राम्रो पक्ष

उत्कृष्ट यूआई

नेटफ्लिक्सको इन्टरफेस निकै सरल र आकर्षक छ । यसमा कन्टेन्टहरू स्क्रोल गर्न सकिन्छ । र, आफूलाई मन परेको पछि हेर्न चिन्ह लगाउन सकिन्छ ।

नियमित अपग्रेड

हेर्नका लागि उपलब्ध हुने कन्टेन्ट नेटफ्लिक्समा निरन्तर अपग्रेड भइरहन्छ । जसमा नयाँ फिल्म, टेलिभिजन कार्यक्रमहरू हुने गर्छन् । यसमा हेर्नका लागि कन्टेन्ट अभाव हुने भन्ने हुँदैन ।

ओरिजिनल कन्टेन्ट

नियमित रुपमा कम्पनी आफैंले आफ्नो टेलिभिजन कार्यक्रम उत्पादन गर्ने गर्छ । स्क्विड गेम, गेम्स अफ थ्रोन्स यसका लागि चर्चित कार्यक्रमहरू हुन् । 

जुनसुकै बेला रद्द गर्न सकिने

प्रयोगकर्ताले जुनै बेला पनि नेटफ्लिक्सको सदस्यता रद्द गर्न सक्छन्, मध्य महिना वा अन्त्यमा । यसो गर्दा कम्पनीले कुनै शुल्क लिँदैन ।

हेरिरहने बानी 

नेटफ्लिक्समा यस्ता कन्टेन्ट छन्, जसले गर्दा जसलाई हेरिरहुँ लागिरहन्छ । यसमा भएको कन्टेन्टको यो राम्रो पक्ष हो ।

केवल टिभीको विकल्प

कहिले हावाहुरीले गर्दा चलेन त, कहिले के ले गर्दा । नेटफ्लिक्समा त्यस्तो केही समस्या हुँदैन । जसले गर्दा केवल टेलिभिजनदेखि वाक्क भएका प्रयोगकर्ता विकल्पमा नेटफ्लिक्स राख्न सक्छन् ।  

थप टुल

केही थप पार्टी टुल छन्, जसको सहयोगमा तपाईंले नेटफ्लिक्सको सदस्यता लिइरहँदा अझ आकर्षण थप्न सक्नुहुन्छ । 

नराम्रो पक्ष

नेटफ्लिक्सका केही नराम्रा पक्षसमेत छन् । यसबारे सदस्यतया लिँदा सोच्नै पर्ने हुन्छ । 

अधिक गति चाहिने

नेटफ्लिक्स अनलाइनबाट चल्छ । यसकारण यसमा रमाइलोसँग बिना कुनै अवरोध हेर्न द्रुत गतिको इन्टरेनटको आवश्यकता पर्छ । इन्टरनेट ढिलो चले तपाईंको यसमा अनुभव खल्लो हुन सक्छ ।

झुक्याउने कन्टेन्ट

यसको यूआई निकै राम्रो छ । तर कन्टेन्टहरू सही ठाउँमा राखिएको छैन । यसले गर्दा प्रयोगकर्ता झुक्किन सक्छन् । सर्च अप्सन पनि राम्रै छ । तर नयाँ तथा पुराना कन्टेन्ट खोज्न केही समय लाग्न सक्छ । 

पुरानो लाइब्रेरी

नेटफ्लिक्सको आफ्नै ओरिजिनल बाहेक त्यहाँ त्यति नयाँ कन्टेन्ट छैनन् । त्यसैले नयाँ चर्चित कार्यक्रम तथा फिल्म हेर्न चाहनुहुन्छ भने यो विकल्प नहुन सक्छ ।

विज्ञापन

यदि तपाईंले कम मूल्य पर्ने योजना लिनुभएको छ भने विज्ञापनबाट दिक्क हुनुहुने छ । हुन त डिजिटल प्लेटफर्ममा विज्ञापन हुनु सामान्य हो । पैसा तिरेर फिल्म हेरिरहँदा बीचमा विज्ञापन आउँदा जतिको नराम्रो के होला ?

अस्थायी पहुँच

पैसा तिरेर पनि तपाईंले यसमा भएको कन्टेन्ट सदाका लागि पाउनुहुन्छ ।  जब तपाईंले सदस्यता शुल्क तिर्न छाड्नुहुन्छ, तपाईंले लाइब्रेरीमा भएको फिल्म लगायत अन्य कन्टेन्टमा पहुँच गुमाउनु हुन्छ ।

हामीले माथि नेटफ्लिक्सको दुवै पक्षबारे चर्चा गर्‍याैं । अब पैसा तिरेर नेटफ्लिक्स चलाउँदा तपाईंलाई कति फाइदा पुग्छ, अगाडि आफैं निर्णय लिनुहोस् ।

पछिल्लो अध्यावधिक: असार ११, २०८० २१:४३