close

टेलिकमको फाइभजी परीक्षण नाममात्रको, नियामकले उठायो गम्भीर प्रश्न

टेकपाना टेकपाना

माघ २२, २०७९ १२:५३

टेलिकमको फाइभजी परीक्षण नाममात्रको, नियामकले उठायो गम्भीर प्रश्न

काठमाडौँ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमले थालेको नाम मात्रको फाइभजी परीक्षण माथि प्रश्न उठाएका छन्।

आइतबार कम्पनीको प्रधान कार्यालय भद्रकालीमा आयोजित टेलिकमको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले फाइभजी परीक्षणमा गम्भीर चासो व्यक्त गरेका हुन् । 

नियामक निकायका अध्यक्ष खनालले सर्वसाधारण माझ कम्तिमा काठमाडौँ रिङरोड क्षेत्रभित्र फाइभजी परीक्षण गर्ने आसयको साथ आफूहरुले नि:शुल्क फ्रिक्वेन्सी उपलब्ध गराएको बताए।  

"तर यहाँ कम्पनीका प्रबन्ध निर्देशकको भनाइ सुन्दा दुई ओटा बीटीएसबाट आन्तरिक किसिमको प्राविधिक परीक्षण गर्ने कुरा आएको छ," उनले भने, "तर हामीले चाहेको फाइभजी परीक्षण त्यस्तो होइन ।"

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ १२:५३