close

बेटिङ र ऋण उपलब्ध गराउने चिनियाँ एपमाथि भारतको प्रतिबन्ध

टेकपाना टेकपाना

माघ २३, २०७९ १५:१६

बेटिङ र ऋण उपलब्ध गराउने चिनियाँ एपमाथि भारतको प्रतिबन्ध

काठमाडौँ । भारतमा चिनियाँ एपहरूमाथि प्रतिबन्ध लाग्ने क्रम जारी छ । हालै त्यहाँकाे सरकारले २०० भन्दा बढी चिनियाँ माेबाइल एपमाथि प्रतिबन्ध लगाएको छ ।

भारतको विद्युत तथा सूचना प्रविधि मन्त्रालयले चीनमा विकास भएका १३८ ओटा बेटिङ एप र ९४ ओटा लाेन लेन्डिङ (ऋण उपलब्ध गराउने) एपमा प्रतिबन्ध लगाएको हो ।

यो संख्या थप बढ्दै जानसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । देशकाे आईटी कानूनलाई आधार मान्दै भारतीय सरकारले राष्ट्रिय सुरक्षा र डेटा सुरक्षाको लागि चिनियाँ एपमाथि प्रतिबन्ध लगाइरहेकाे छ ।

सन् २०२० मा सीमा विवादपछि चीनसँगको राजनीतिक तनाव सुरु भएदेखि भारतले टिकटक, वीच्याट, मेसेन्जर लगायतका चर्चित चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो अध्यावधिक: माघ २३, २०७९ १५:१६