close

एससीटीसँगको सहकार्यमा आफ्नो डिजिटल सेवालाई प्रभावकारी बनाउँदै प्रभु बैंक

टेकपाना टेकपाना

माघ २५, २०७९ १२:२

एससीटीसँगको सहकार्यमा आफ्नो डिजिटल सेवालाई प्रभावकारी बनाउँदै प्रभु बैंक

काठमाडौँ  । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकबिच फास्ट बैंकिङ सेवा 'ओम्नी च्यानल सोलुसन' सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । 

मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा देखिएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ एससीटीले फास्ट बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत एससीटीले बैंकको फन्ड ट्रान्सफर, बिल भुक्तानी, वालेट लोड, क्यूआर लगायतको सेवालाई सुधार गर्ने साथै अनलाइन अकाउन्ट खोल्ने, अनलाइन मार्फत फिक्स्ड डिपोजिट गर्ने, ऋणको लागि आवेदन दिने लगायतका कामहरूलाई सहज बनाउने काम गर्छ । 

साथै यसले बैंकको अन्य मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङसँग जोडिएका सेवाहरूलाई पनि सुधार गर्न तथा गुणस्तरीय र प्रभावकारी बनाउन मद्दत गर्ने एससीटीको भनाइ छ । 

साथै, खुल्ला एपीआई मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ मै जोड्न सकिन्छ र फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने  कम्पनीले बताए । 

पछिल्लो अध्यावधिक: माघ २५, २०७९ १२:६