close

बारकोड नेपालले बनायो परीक्षाको प्रश्नपत्र मूल्याङ्कन गर्ने स्वचालित प्रविधि

टेकपाना टेकपाना

माघ २९, २०७९ १२:३१

बारकोड नेपालले बनायो परीक्षाको प्रश्नपत्र मूल्याङ्कन गर्ने स्वचालित प्रविधि

काठमाडौं । बारकोड नेपाल प्रा लि ले शैक्षिक संस्था तथा इन्स्टिच्युटहरूलाई लक्षित गरी कम लागतको अप्टिकल मार्क रिकग्निशन (ओएमआर) प्रविधि विकास गरेको छ । ‌यस ओएमआर प्रविधिले छोटो समयमा नै हजारौं उत्तरपुस्तिकाहरू स्वचालित रूपमा जाँच गर्नसक्ने कम्पनीको दाबी छ । 

शैक्षिक संस्था तथा इन्स्टिच्युटहरूको लागि नियमित परीक्षा र परीक्षणहरू सञ्चालन गर्न यो प्रविधि प्रयोग हुँदै आएका छन् । तर बाहिरबाट ल्याएको प्रविधि तुलनात्मक रुपमा महँगो हुने हुँदा यही बनेको प्रविधिले राहत दिने कम्पनीको विश्वास छ । 

विद्यार्थीहरूले आफ्ना उत्तरहरू ओएमआर पेपरमा चिन्ह लगाउँछन्, र सबै पानाहरू स्वचालित मेसिनद्वारा सफ्टवेयरको मद्दतले स्क्यान हुन्छन् । प्रयोगकर्ताले एक्सेल फाइलमा सही उत्तर इनपुट गर्नु पर्ने हुन्छ । सोही आधारमा उत्तरपुस्तिकाहरू जाँच हुने गर्छन् । 

बारकोड नेपालले बनाएको प्रविधि कम्प्युटर भिजनमा आधारित छ । यस प्रणालीको लागि कुनै महँगो हार्डवेयर आवश्यक नपर्ने र सेवा पनि स्थानीय रूपमा प्रदान गरिने कम्पनीको भनाइ छ । 

यो ओएमआर स्क्यानरको लागि कुनै विशेष कागजको आवश्यकता पर्दैन र कागजको मुद्रण पनि कार्यालय प्रिन्टरबाट गर्न सकिने कम्पनीले जनाएको छ । 
 

पछिल्लो अध्यावधिक: माघ २९, २०७९ १२:३१