close

ओपेराको साइडबारमा च्याटजीपीटी समावेश

टेकपाना टेकपाना

माघ २९, २०७९ ११:२३

ओपेराको साइडबारमा च्याटजीपीटी समावेश

काठमाडौं । ओपेरा ब्राउजरले आफ्नो साइडबारमा च्याटजीपीटी टुल उपलब्ध गराउने भएको छ । ब्राउजरको दायाँतिर हुने साइडबारमा विभिन्न वेबसाइटहरूको छोटो रुप देख्न सकिन्छ । जहाँ क्लिक गरेर प्रयोगकर्ताले सहजै आफूले चाहेको साइटहरू खोल्न सक्छन् । 

सोही साइडबारमा अब च्याटजीपीटी पनि थप हुने भएको हो । कम्पनीले एक ब्लगपोस्ट सार्वजनिक गर्दै ब्राउजरको साइडबारमा ओपनएआईले तयार गरेको च्याटजीपीटी समावेश हुने जानकारी दिएको हो । 

प्रयोगकर्ताले च्याटजीपीटी खोलेर त्यहाँ स्क्रिनको सबैभन्दा माथि दायाँतिर भएको 'सर्टन' बटनमा क्लिक गरेर यो फिचर एक्टिभेट गर्न सक्नेछन् । यसपछि च्याटजीपीटीको आइकन साइडबारमा देखिनेछ । आफूले चाहेको बेला सो आइकनमा क्लिक गरेर च्याटजीपीटी सहजै प्रयोग गर्न सकिनेछ । 

गुगल, माइक्रोसफ्ट जस्ता ब्राउजरहरूले आफ्नै नयाँ च्याटबट सार्वजनिक गरिरहेको बेला ओपेराले भने च्याटजीपीटीलाई आफ्नो साइडबारमा राख्ने निर्णय गरेको हो । 

 

   

 

पछिल्लो अध्यावधिक: माघ २९, २०७९ ११:२८