काठमाडौं । गत आइतबार जेम्स वेब टेलिस्कोपले सूर्यको एउटा भिडिओ कैद गरेको थियो । उक्त भिडिओमा सूर्यको एक भाग उछिट्टिएर टुक्रेको देख्न सकिन्छ । सूर्यमा भएको यो घटनाक्रमले वैज्ञानिकहरूलाई पनि निःशब्द पारेको छ ।
अन्तरिक्ष मौसम पूर्वानुमानकर्ता डा. तमिथा स्कोभले आफ्नो ट्वीटमा सार्वजनिक गरेको भिडिओमा सूर्यको एक ठूलो भाग यसको सतहबाट टुक्रिएको देख्न सकिन्छ । साथै उत्तरी ध्रुव वरपर भुमरी जस्तो घुमेको देख्न सकिन्छ ।
सूर्यले समय-समयमा यस्तो सौर्य ज्वालाहरू उत्सर्जन गरिरहन्छ, जसले कहिलेकाहीँ पृथ्वीमा पनि केही असर गरिरहेको हुन्छ । यो पटकको घटनाको विषयलाई लिएर वैज्ञानिकहरू चिन्तित छन् ।
डाक्टर तमिथाका अनुसार उक्त टुटेको भाग अहिले ब्रहमाण्डको उत्तरी ध्रुवमा घुमिरहेको छ । विगतमा यस्ता धेरै घटनाहरू भएका छन्, तर यो पटक भने वैज्ञानिक समुदाय स्तब्ध भएको छ ।