close

आइएमई पे वालेटबाट अब ट्राफिक जरिवाना तिर्न सकिने

टेकपाना टेकपाना

फागुन ४, २०७९ १७:२५

आइएमई पे वालेटबाट अब ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौँ । अब आइएमई पे वालेटमार्फत ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । हालै अपडेट गरिएको वालेटको एपमा यो सुविधा थप गरिएको हो ।

''ग्राहकले सरकारी तहमा गर्नुपर्ने भुक्तानी जस्तै; कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नुहुन्छ । ग्राहकले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो,'' कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ ।

ग्राहकले आइएमई पेको एपमा 'government services' मा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गई मागिएको विवरण भरेर जरिवाना भुक्तानी गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ १७:२५