close

सार्वजनिक भएको २४ घण्टामै ११ हजारभन्दा बढीले खोले हाम्रो पेको अकाउन्ट

टेकपाना टेकपाना

फागुन ७, २०७९ १०:५०

सार्वजनिक भएको २४ घण्टामै ११ हजारभन्दा बढीले खोले हाम्रो पेको अकाउन्ट

काठमाडौं । हाम्रो पात्रोले शु्क्रबारबाट सुरु गरेको डिजिटल वालेट 'हाम्रो पे' मा सार्वजनिक भएको २४ घण्टाभित्रै ११ हजार भन्दा बढी ग्राहक जोडिएका छन् । 

आफ्नो डिजिटल वालेट सेवाको उत्कृष्ट सुरुवात भएको बताउँदै कम्पनीका संस्थापक तथा सीईओ शंकर उप्रेतीले ११ हजार भन्दा बढी हाम्रो पात्रोका प्रयोगकर्ताले हाम्रो पे डिजिटल वालेटमा अकाउन्ट क्रियट गरेको बताएका हुन् । आफूहरूले सोचेको भन्दा धेरै प्रयोगकर्ताले एकैपटक अकाउन्ट क्रियट गर्न खोज्दा केवाईसी भेरिफिकेसनको काममा भने केही ढिलाई भएको उनले बताएका छन् । 

"धेरै प्रयोगकर्ताले एकैपटक अकाउन्ट रजिष्टर गर्न खोज्दा केवाईसी भेरिफिकेसनको काममा चाप बढेको छ । यसलाई समाधान गर्नको लागि थप कर्मचारी राखेर काम गर्नेछौं," उनले बताए । 
यसको साथै वालेट सेवाको विषयमा जान्नको लागि सपोर्ट च्याटमा एक हजार भन्दा बढी मेसेज प्राप्त भएको उनको भनाइ छ । 

हाम्रो पेमा प्रयोगकर्ताले अन्य डिजिटल वालेटमा रहेका फिचरका साथै मौलिक फिचरसमेत रहेका छन्, जसमा कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउने खर्च ट्र्याक, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे) लगायतका आकर्षक फिचर छन् ।

प्रयोगकर्ताको सहायताका लागि 'लाइभ च्याट' र स्थानीयसहित छ ओटा भाषामा यो एप प्रयोग गर्न सकिन्छ ।
 

पछिल्लो अध्यावधिक: फागुन ७, २०७९ १०:५०