close

के फेसबुकको मेसेन्जर अकाउन्ट मात्र डिलिट गर्न मिल्छ ?

टेकपाना टेकपाना

फागुन ९, २०७९ २०:५२

के फेसबुकको मेसेन्जर अकाउन्ट मात्र डिलिट गर्न मिल्छ ?

काठमाडौं । फेसबुकको मेसेन्जर लाखौंका लागि सम्पर्क गर्ने उपयुक्त माध्यम बनेको छ । तर, अनावश्यक मेसेज वा त्यससँग सम्बन्धित नोटिफिकेसनले तपाईँलाई दिक्क लगाएको हुनसक्छ । जसले गर्दा तपाईँ यस्ता समस्याबाट मुक्ति पाउन मेसेन्जर अकाउन्ट डिएक्टिभेट वा डिलिट गर्न खोजिरहनु भएको हुन्छ ।

फेसबुक अकाउन्ट डिएक्टिभेट अर्थात् निष्क्रिय बनाउन सजिलो छ, जसले गर्दा अन्य प्रयोगकर्ताले तपाईँ सक्रिय नभएको थाहा पाउन सक्छन् । यसरी अकाउन्ट डिएक्टिभेट गर्दा आवश्यक पर्दा जहिले पनि अकाउन्ट एक्टिभेट गरेर प्रयोग गर्न सकिन्छ । यो त भयो फेसबुक अकाउन्टको कुरा । तर, यदि फेसबुक प्रयोग गर्नु छ तर, मेसेन्जर मात्र डिएक्टिभेट गर्न सम्भव छ त ?

वास्तवमा फेसबुक अकाउन्ट डिएक्टिभेट गरेजस्तो मेसेन्जर अकाउन्ट डिएक्टिभेट गर्न सकिँदैन । यदि तपाईँले फेसबुक अकाउन्ट डिएक्टिभेट गर्नुभयो भने पनि मेसेन्जर अकाउन्ट भने सक्रिय भइरहन्छ ।

यसको अर्थ तपाईँसँग एड भएका व्यक्तिले मेसेन्जरमा तपाईँको अकाउन्ट फेला पारेर कुराकानी गर्न सक्छन् । तर, फेसबुकमा तपाईँको अकाउन्ट भेटिँदैन । फेसबुकको 'हेल्प' पेजमा फेसबुक अकाउन्ट डिएक्टिभेट गर्दा मेसेन्जर अकाउन्ट पनि डिएक्टिभेट हुन्छ भनिएको छ ।

तर, डिएक्टिभेट गर्दा मेसेन्जर एक्टिभ राख्ने सुविधा हुनुले मेसेन्जर अकाउन्ट डिएक्टिभेट गर्ने भन्ने हुँदैन । मेसेन्जर अकाउन्ट हटाउने एक मात्र विकल्प हो, फेसबुक अकाउन्ट नै डिलिट गर्नु । डिलिट गरेको ३० दिनसम्म अकाउन्ट फिर्ता ल्याउन सकिन्छ । तर, त्यसपछि उक्त अकाउन्ट सधैंका लागि डिलिट हुन्छ । यता अकाउन्ट डिएक्टिभेट गरेको खण्डमा भने जतिबेला पनि एक्टिभेट गर्न सकिन्छ । 

मेसेन्जरका नोटिफिकेसनबाट कसरी मुक्त पाउन सकिन्छ ?

यदि तपाईँ आफ्नो फेसबुक अकाउन्ट डिलिट नगरी मेसेन्जरका नोटिफिसेनबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईँका लागि केही विकल्प रहेका छन् । तपाईँले फोनको सेटिङबाट मेसेन्जरको नोटिफिकेसन अफ गर्न सक्नुहुन्छ ।

साथै मेसेन्जर अनइन्स्टल गरेर फेसबुककै वियुल्ट-इन मेसेन्जरबाट कुरा गर्न सकिन्छ । तर, त्यसका लागि पनि फेसबुकको नोटिफिकेसन अफ गर्नुपर्ने हुन्छ । यदि फेसबुक मेसेन्जरमा आउने मेसेजलाई बेवास्ता गर्न चाहनुहुन्छ भने मेसेन्जर नै अनइन्स्टल गर्नुहोस् ।

त्यस्तै मेसेन्जर र फेसबुकमा एक्टिभ स्टाटस अफ राख्दा पनि तपाईँलाई कम मेसेज आउँछन् । किनभने अनलाइनमा देखेर मेसेज गर्ने धेरै हुन्छन् । त्यसैले मेसेन्जर अकाउन्ट मात्र डिलिट वा डिएक्टिभेट गर्न सकिँदैन । फेसबुक अकाउन्ट नै डिलिट गरेरको अवस्थामा भने मेसेन्जर अकाउन्ट पनि हराउँछ ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०७९ २०:५३