काठमाडौं । कहिलेकाहीँ हामीलाई धेरै लिङ्क कपी गर्नुपर्ने हुन्छ । पटक पटक भिन्न लिङ्क कपी गर्दै पेस्ट गर्ने काम झन्झटिलो हुन्छ । समय पनि धेरै लाग्छ ।
तर, हामीसँग विभिन्न वेब ब्राउजर एक्सटेन्स छन्, जसको प्रयोगमार्फत एकैपटक धेरै लिङ्क कपी गर्न सकिन्छ ।
कपी सेलेक्टेड लिङ्क्स (copy selected links)
यो एक वेब ब्राउजर एक्स्टेन्सन हो । यसबाट हामीले एकैपटक धेरै लिङ्क कपी गर्न गर्छाैँ । यसका लागि सबैभन्दा सुरुमा यो एक्स्टेन्सन आफ्नो ब्राउजरमा इन्स्टल गर्नुहोस् ।
-क्रोम, ब्रेभ ब्राउजरका लागि यहाँ क्लिक गर्नुहोस् ।
तपाईंले यो एक्सटेन्सन इन्स्टल गर्न ‘एड टु ब्रेभ’ (तपाईंले प्रयोग गरिरहनु भएको ब्राउजरको नाम) मा क्लिक गर्नपर्ने हुन्छ । त्यसपछि यो एक्सटेन्सन तपाईंको ब्राउजरमा इन्स्टल हुन्छ ।
अब तपाईंले धेरै लिङ्क एकै पटकमा कपी गर्न सक्नुहुनेछ ।