काठमाडौं । अब माइक्रोसफ्टकाे एज ब्राउजरमै भीपीएन सेवा उपलब्ध हुने भएकाे छ । माइक्राेसफ्टले सीमित प्रयाेगकर्ताका लागि याे सेवा उपलब्ध गराउन थालेकाे छ ।
‘एज सेक्युर नेटवर्क’ नाम दिइएको याेभीपीएनले क्लाउडफ्लेयर प्रविधि प्रयोग गरेको छ । यसअन्तर्गत प्रयाेगकर्ताकाे इन्टरनेट कनेक्सन सुरक्षित हुने कम्पनीकाे भनाइ छ ।
यसबाट ब्राउजिङ गर्दा डिभाइस र संवेदनशील डेटामा सुरक्षा पाइने कम्पनीकाे दाबी छ । माइक्रोसफ्ट एजको बिल्ट ईन भीपीएनले हाम्रो ट्राफिकका लागि इन्क्रिप्टेड टनेल बनाउने र यसले इन्टरनेट कनेक्सनलाई सुरक्षित राख्ने बताइएकाे छ । यसो हुँदा इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले प्रयाेगकर्ताकाे ब्राउजिङ डेटामा पहुँच पाउन सक्दैनन् ।
तर यस भीपीएनमा अन्य सुविधाहरू भने छैनन् । जस्तो: हामीले यसबाट लाेकेसन चयन गर्न सक्दैनौँ । जसले गर्दा भीपीएन नै प्रयोग गरेपनि निषेध गरिएका वेबसाइट वा एपहरुमा हामी पहुँच पाउन सक्दैनौँ ।
यद्यपि आईएसपीहरुले बन्द गराएका टोरेन्ट साइटहरुमा भने पहुँच पाउन सकिन्छ । एजको यो भीपीएन सेवा अन्य सशुल्क भीपीएनभन्दा उपयुक्त भने नहुन सक्छ ।