close

कारको ड्राइभिङ लाइसेन्स एडिट गरी ट्रक र बसको क्याटेगरी थपेको आरोपमा मानन्धर पक्राउ

टेकपाना टेकपाना

फागुन १६, २०७९ १७:४९

कारको ड्राइभिङ लाइसेन्स एडिट गरी ट्रक र बसको क्याटेगरी थपेको आरोपमा मानन्धर पक्राउ

काठमाडौं । कारको  सवारी चालक अनुमतिपत्र​ (ड्राइभिङ लाइसेन्स) एडिट गरी ट्रक र बसको क्याटेगरी थपेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई हाल भक्तपुर ब्यासी बस्दै आएका २८ वर्षीय नवीन मानन्धर रहेका छन् ।

केही व्यक्तिले लिखत किर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गरेको गोप्य सूचना आएपछि अनुसन्धानका क्रममा मानन्धर पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

आरोपी मानन्धरको शरीर खानतलासी गर्ने क्रममा 'ए' र 'बी' वर्गको सवारी चालक अनुमतिपत्रलाई 'ए', 'बी', 'एफ' र 'जी' वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

 मानन्धरलाई लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका मंगलबार  लागि जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०७९ १७:४९