एडोबी फोटोशप र प्रिमियर प्रोको विकल्पमा प्रयोग गर्न सकिने निःशुल्क सफ्टवेयरहरू
फागुन १७, २०७९ २०:३४
काठमाडौं । फोटो एडिट गर्न होस् वा भिडिओ तयार पार्न, हाम्रो मानसपटलमा कम्प्युटर अनि महँगा सफ्टवेयरको स्मरण आउँछ । हामीले देखेका, सुनेका वा काम गर्दै आएका सफ्टवेयर प्रयोग गर्न हाम्रो कम्प्युटरको क्षमता उच्च हुनुपर्छ । साथै त्यस्ता सफ्टवेयर खरिद गरेर प्रयोग गर्नुपर्ने हुन्छ ।
कहीँ कतै यस्ता सफ्टवेयर ताेडमोड गरी प्रयोग गरिएको पनि पाइन्छ । तर, त्यसरी प्रयोग गर्दा साइबर आक्रमण हुने, हाम्रो डेटा चोरी हुने, भाइरस बढ्ने जस्ता जोखिम बढी हुन्छन् । त्यस्तै डिभाइस राम्रो भएन भने खरिद गरेको सफ्टवेयर पनि राम्रोसँग प्रयोग गर्न सकिँदैन ।
आज हामी फोटो एडिटिङका लागि फोटोशप र भिडिओ एडिटिङका लागि प्रिमियर प्रोको विकल्पमा के-कस्ता निःशुल्क वेबसाइट/सफ्टवेयरहरू प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं:
फोटोशपकाे विकल्पमा निःशुल्क सफ्टवेयर
फोटोशपको विकल्पमा इन्टरनेटमा थुप्रै वेबसाइट उपलब्ध छन् । यदि तपाईँ सामान्य प्रोसेसर भएको कम्प्युटरबाट फोटोशपको अनुभव लिन चाहनुहुन्छ, वा फोटोशपमा जसरी एडिट गर्न चाहनुहुन्छ भने हामीले सुझाव दिएका साइट उपयुक्त हुनसक्छन् ।
फोटोशपमा पनि दुई किसिमका साइट सुझाव दिँदैछौँ । एउटा फोटो एडिट गर्ने र अर्को डिजिटल आयल पेन्टिङ गर्ने ।
फोटो एडिटिङका लागि तलका वेबसाइट उपयुक्त हुनसक्छन्:
१) गिम्प
२) फोटाेपी
३) ग्लिम्प्स
आयल पेन्टिङका लागि उपयुक्त साइटहरू:
१) क्रिता
२) गिम्प
३) फायर एल्पिका
४) स्केचबुक
६) सुमोपेन्ट
प्रिमियर प्रोको विकल्पमा उपयुक्त सफ्टवेयरहरू:
२) केडिन लाइभ
३) शटकट
४) ओपनशट
शुल्क पर्ने फोटोशप वा प्रिमियर प्रोको विकल्पमा यी निःशुल्क प्रयोग गर्न सकिने सफ्टवेयर तपाईँका लागि उपयुक्त विकल्प हुनसक्छन् । आफूलाई उपयुक्त हुने नाम छान्नुहोस् र सफ्टवेयर डाउनलोड गरी प्रयोग गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: फागुन २१, २०७९ १५:४०
