close

अमेरिकी प्रतिबन्धका बावजुद मोबाइल वर्ल्ड कङ्ग्रेसमा ह्वावेको वर्चस्व

टेकपाना टेकपाना

फागुन २०, २०७९ ११:२१

अमेरिकी प्रतिबन्धका बावजुद मोबाइल वर्ल्ड कङ्ग्रेसमा ह्वावेको वर्चस्व

काठमाडौं । साइबर सुरक्षाको कारण देखाउँदै अमेरिकाले ह्वावेमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको छ । यद्यपि यो प्रतिबन्ध ह्वावेको लागि अवसर जस्तै बनेको छ ।

बार्सिलोनमा हालै सम्पन्न मोबाइल वर्ल्ड कंग्रेसको मुख्य आकर्षण नै ह्वावे बन्यो । ह्वावेले निर्माण गरेका वायरलेस डिभाइसहरू कार्यक्रमको सबैभन्दा आकर्षित पक्ष बन्न पुगे । कार्यक्रममा करिब २००० कम्पनीहरू सहभागी थिए, जसमध्ये १५० चिनियाँ कम्पनी थिए । 

यसमध्ये एक ह्वावेको सबैभन्दा ठूलो उपस्थिति रहेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ । 

स्मार्टफोन निर्माणदेखि लिएर नेटवर्कका उपकरणहरूसम्म प्रदर्शनीमा राखिएको ह्वावेको स्टल सबैभन्दा ठूलो र आकर्षित थियो, जहाँ अवलोकनकर्ताको संख्या पनि उत्तिकै ठूलो थियो ।

कार्यक्रममा कम्पनीले डिजिटल संसारका लागि भन्दै आफ्नो नेटवर्क सोलुसन्स र डेटा सेन्टर सोलुसन्स गरी दुई उत्पादन सार्वजनिक गरेको थियो । 

पछिल्लो समयमा अमेरकाले ह्वावे लगायत चिनियाँ प्रविधि, सामाजिक सञ्जालदेखि लिएर अन्य कम्पनीहरूमा प्रतिबन्ध लगाउने काम गरिरहेको छ । यसमा सबैभन्दा धेरै प्रभावित ह्वावे बनेको छ । 

कम्पनीलाई आवश्यक उपकरणको आपूर्तिमा रोकदेखि कुनै पनि अपरेटिङ सिस्टम उपलब्ध नगराउनेसम्मका काम अमेरिकी सरकारले गर्दै आएको छ । यसले ह्वावेलाई बजारमा थप बलियो बनाउन मद्दत गरेको कम्पनीले दाबी गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ ११:२१