एन्ड्रोइडमा ५ लाख डाउनलोड भयो 'माई पे' वालेट, प्रत्येक कारोबारमा रु. १०० सम्म क्याशब्याक
माघ ४, २०७९ १६:५७
काठमाडौं । स्थापनाको पहिलो वर्षमै माई पे डिजिटल वालेट गुगल प्लेस्टोरबाट पाँच लाखपटक डाउनलोड भएको छ ।
सोही अवसरमा कम्पनीले माघ ३ र ४ गते बेलुका ४ बजेदेखि राति १२ बजेसम्म प्रत्येक कारोबारमा पाँच प्रतिशत (बढीमा रु. १०० सम्म) को क्याशब्याक अफर दिइरहेको छ ।
माइपेमा प्लेस्टोर, एपस्टोर र वेबसाइट समेत गरी हालसम्म आठ लाखभन्दा बढी ग्राहक संख्या पुगिसकेको छ ।
यस वालेटमार्फत ग्राहकले हवाई टिकट बुकिङ, मोबाइल टपअपसँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधा दिँदै आएको छ ।
पछिल्लो अध्यावधिक: माघ ४, २०७९ १६:५७
