काठमाडौं । अनलाइनमार्फत लाखौं रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका ६ घर भई हाल काठमाडौं नरेफाँट बस्ने २४ वर्षीय राज रोकाया रहेका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अनलाइनमा रकम लगानी गरे दोब्बर हुन्छ भन्दै ईसेवा, खल्तीलगायतका वालेटमा रकम पठाउन लगाई ठगी गरेको उजुरी परेपछि रोकायालाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रकम पठाउनेहरूलाई नाफाका लागि फारम लगायत फाइदा आएको रकमबापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, सरकारी कर लगायतका प्रयोजनमा रकम तिर्नुपर्छ भनी थप रकम लिएर ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।
रोकायाले अहिलेसम्म विभिन्न व्यक्तिसँगबाट ७ लाख ७५ हजार रुपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।