close

विद्युतीय कारको व्यावसायिक उत्पादन थाल्दै साओमी

टेकपाना टेकपाना

फागुन २२, २०७९ २२:२३

विद्युतीय कारको व्यावसायिक उत्पादन थाल्दै साओमी

काठमाडौं । विश्वका ठूलाठूला कार निर्माता अहिले धमाधम विद्युतीय कार उत्पादन तथा यसका लागि आवश्यक पूर्वाधारको निर्माणमा लागि परेका छन् । अबको भविष्य विद्युतीय सवारी नै हुने बताउँदै केही कम्पनीहरूले त पूर्ण रुपमा विद्युतीय सवारीमात्र निर्माण तथा बिक्री गर्ने घोषणा पनि गरेका छन् ।

प्रविधि क्षेत्रका केही कम्पनीहरू पनि यो क्षेत्रमा प्रवेश गर्न थालिसकेका छन् । यसैबीच साओमीले आफ्नो विद्युतीय कारको परीक्षण सकेसँगै मास प्रडक्सन गर्ने याेजना ल्याएकाे छ । यो कुराको पुष्टि कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत लेई जुनले गरेका छन् ।

उनले सन् २०२४ को पहिलो ६ महिनाभित्र कारको मास प्रडक्सन सुरु हुने बताएका छन् । कम्पनीले सन् २०२२ मै आउँदो १० वर्षभित्र विद्युतीय कारका लागि १० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । यसअन्तर्गत हालसम्म ४३ करोड डलर खर्च भइसकेको छ ।

कम्पनीले विद्युयुती सवारीको व्यवसायका लागि २३ सयभन्दा बढी कर्मचारीलाई काममा लगाइरहेको छ । कारको परीक्षण सकिएसँगै कम्पनीले बिक्रीका लागि व्यावसायिक रूपमा बजारमा उतार्ने योजना ल्याएको छ ।

साओमीले कारकाे उत्पादन प्रक्रियाका लागि रोबोटिक्स प्रविधि प्रयाेग गर्न लागेकाे खबर पनि बाहिरिएकाे छ ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०७९ २२:३०