काठमाडौं । ट्वीटरमा एसएमएसमार्फत हुने टु फ्याक्टर अथेन्टिकेसन (2FA) फिचर प्रयोग गर्न शुल्क तिर्नुपर्ने नियम सुरु भएको छ । सुरक्षाको कारण देखाउँदै कम्पनीले एसएमएसबाट हुने टु फ्याक्टर अथेन्टिकेसन वा टुएफए फिचरलाई सशुल्क बनाउने निर्णय गरेको हो ।
अब ट्वीटरको टुएफए फिचर ब्लु टिक सब्सक्राइबरले मात्र प्रयोग गर्न पाउनेछन् । यदि तपाईँले मासिक ८ डलर तिरेर ट्वीटरको ब्लु टिक पाउनुभएको छ भने तपाईँले यो फिचर प्रयोग गर्न पाउनुहुनेछ ।
साथै तपाईँले हाल आफ्नो एसएमएस टुएफए इनेबल गर्नुभएको छ स्विच गरिहाल्नुहाेस् । यदि गर्नु भएन भने तपाईँको सबै टुएफए अप्सन बन्द हुनेछ । अथवा तपाईँले ब्लु टिक सब्सक्राइब गर्ने अप्सन पाउनुहुन्छ ।
एसएमएस बाहेक अन्य तरिकाबाट भने तपाईँले अहिले पनि टुएफए प्रयोग गर्न सक्नुहुन्छ ।