close

कहिले तयार होला एप्पलको स्वचालित बिजुली कार ?

टेकपाना टेकपाना

चैत १०, २०७९ ९:२०

कहिले तयार होला एप्पलको स्वचालित बिजुली कार ?

काठमाडौं । विश्वको अटो उद्योगमा एप्पलको कार एक गोप्य आयोजना जस्तै बनेको छ । कम्पनीले विगत लामो वर्षदेखि आफ्नो विद्युतीय सवारीको योजना 'टाइटन' मा काम गरिरहेको थियो । यद्यपि यस विषयमा जानकारीहरू भने खासै बाहिर आएको थिएन । 

एक समयमा कम्पनीले विद्युतीय सवारीको योजनाबाट आफ्नो हात निकालेको कुरा पनि बाहिरिएको थियो । यद्यपि कम्पनीले आफ्नो काम अगाडि बढाइरहेको जानकारी पुन: बाहिर आएको छ । 

क्यालिफोर्नियामा स्वचालित सवारी प्रविधिमा हुने परीक्षणमा संलग्न प्रत्येक चालक दर्ता हुनुपर्ने नियम छ। सोही नियमका कारण एप्पलले आफ्नो स्वचालित कारमा काम गरिरहेको तथ्य पत्ता लागेको हो । 

म्याक रुमर्समा प्रकाशित एक लेखका अनुसार एप्पलको स्वचालित कारको परीक्षणका लागि हालसम्म २०१ जना चालक प्रयोग गरिसकेको छ भने परीक्षण गरिएको सवारी संख्या ६७ रहेको छ । 

कम्पनीको कारको विषयमा विभिन्न चर्चा त चलिरहेकै छ तर पनि यसको डिजाइन र फिचरहरूको विषयमा निश्चित कुनै जानकारी अझै आएको छैन । 

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ ९:३५