close

क्रिकेट प्रशिक्षक मोन्टी देशाइको फेसबुक पेज ह्याक

टेकपाना टेकपाना

चैत २१, २०७९ २२:१६

क्रिकेट प्रशिक्षक मोन्टी देशाइको फेसबुक पेज ह्याक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाईको फेसबुक पेज ह्याक भएको पाइएको छ । टिमका कप्तान रोहित कुमार पौडेलले मंगलबार एक पोस्ट राख्दै देशाईको भेरिफाइड अकाउन्ट ह्याक भएको जानकारी दिएका छन् ।

उक्त अकाउन्टमा मोन्टीले नोभेम्बर ९ मा अन्तिम पोस्ट राखेको देखिन्छ । त्यसपछि भने पब्जीको लाइभस्ट्रिमका भिडिओ राखिएको छ । उक्त पेज ह्याक गरी ह्याकरले लाइभस्ट्रिम गरेको पाइएको छ ।

कप्तान पौडेलले लेखेका छन्, "हाम्रा प्रशिक्षक मोन्टी देसाइ सरको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । म सबैलाई यस पेजबाट कुनै पनि शंकास्पद पोस्ट वा मेसेजसँग अन्तर्क्रिया नगर्न अनुरोध गर्दछु ।"

यदि उक्त पेजबाट केही अस्वाभाविक व्यवहार देखाएको खण्डमा पौडेलले सो अकाउन्ट रिपोर्ट गर्नसमेत अनुरोध गरेका छन् ।

नेपाल आईसीसी विश्वकपको लिग टुमा तेस्राे भएर विश्वकप छनाेटका लागि छानिएसँगै प्रशिक्षक देशाईकाे फेसबुक पेज फलो गर्नेहरूकाे सङ्ख्या बढेकाे थियाे । तर, उनको अकाउन्टबाट बारम्बार ई-स्पोर्ट्सको लाइभ प्रसारण हुँदा क्रिकेट समर्थकले चिन्ता व्यक्त गरेका थिए ।

अहिले अकाउन्ट ह्याक भएकाे प्रमाणित भएपछि उक्त पेजबाट भएका फोस्टहरूमा एङ्री रियाक्ट र कमेन्ट गर्नेहरू बढेका छन् ।

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ २२:१९