close

शनिबार डेढ घण्टा ईसेवा नचल्ने

टेकपाना टेकपाना

चैत २३, २०७९ १७:१०

शनिबार डेढ घण्टा ईसेवा नचल्ने

काठमाडौं । चैत २५ गते शनिबार डिजिटल वालेट ई-सेवाको सेवा डेढ घण्टासम्म अवरुद्ध हुने भएको छ । पाचौं चरणको डेटावेस अपग्रेडका लागि करिब डेढ घण्टा सेवा नचल्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार शनिबार बिहान १ बजेदेखि साढे २ बजेसम्म ईसेवाको सम्पूर्ण सेवा अवरुद्ध हुनेछन् ।

“ई-सेवाको पाचौं चरणको डेटा भर्सन अपग्रेड (5th Phase Database Version Upgrade) सम्बन्धी कार्य गर्नका लागि चैत २५ गते शनिबार बिहान १:०० बजेदेखि २:३० बजेसम्म ईसेवाका सम्पूर्ण सेवा अवरुद्ध हुनेछन्," कम्पनीको सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १७:१०