close

आईटी उद्यमी रुद्र पाण्डेको ट्वीटर अकाउन्ट ह्याक

टेकपाना टेकपाना

चैत २४, २०७९ ८:१६

आईटी उद्यमी रुद्र पाण्डेको ट्वीटर अकाउन्ट ह्याक

काठमाडौं । आईटी उद्यमी रुद्र पाण्डेको ट्वीटर अकाउन्ट ह्याक भएको छ । फेसबुकमा एक पोस्ट लेख्दै पाण्डेले आफ्नो ट्वीटर अकाउन्ट ह्याक भएको जानकारी दिए ।

''मेरो ट्वीटर अकाउन्ट ह्याक भएको छ । त्यसैले यसलाई नियन्त्रण गर्ने प्रयास गर्दैछु,'' उनले फेसबुक पोस्टमा भनेका छन् ।

पाण्डेले आफ्नो ट्वीटर ह्यान्डलमा सूचना प्रविधि तथा समसामयिक विषयमा ट्वीट गरिरहन्थे ।

नेपालको सफ्टवेयर क्षेत्रमा जग हाल्ने श्रेय पाएका पाण्डेले विभिन्न आईटी कम्पनी र सामाजिक संस्था सञ्चालन गरिरहेका छन् ।

उनले नेपालदेखि अमेरिकासम्म आईटी व्यवसाय गरिरहेका छन् । तर नेपालमा सूचना प्रविधि क्षेत्रको विकासमा राज्यको पर्याप्त सहयोग नपुगेको भन्दै उनले सामाजिक सञ्जालमार्फत लबिङ गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ ८:१९