close

बुर्का नलगाउने महिलालाई सजाय दिन क्यामेराबाट निगरानी गर्दै इरान

टेकपाना टेकपाना

चैत २६, २०७९ ११:५७

बुर्का नलगाउने महिलालाई सजाय दिन क्यामेराबाट निगरानी गर्दै इरान

काठमाडौं । इरानमा महिलाले बुर्का लगाएको छ कि छैन भनेर थाहा पाउन सार्वजनिक स्थलहरूमा क्यामेरा प्रयोग हुने भएको छ ।

इरान सरकारले देशको 'हिजाब कानून' को उल्लङ्घन गर्ने महिलाहरूलाई पहिचान गर्नका लागि सार्वजनिक स्थानहरूमा क्यामेरा प्रयोग गर्ने निर्णय लिएको हो । त्यहाँका स्थानिय सञ्चार माध्यमका अनुसार इरानमा कपाल नछोपिएको पहिरन लगाउने महिलालाई सरकाले पक्राउ गर्ने गरेको छ । 

हालै मात्र यहि कारणले पक्राउ परेकी महिलाको हिरासतमा नै मृत्यु भएपछि हिजाब कानूनको विरोधमा उल्लङ्घन गर्ने क्रम बढेको छ ।  

यद्यपि सरकारले भने नियम उल्लङ्घन भएको प्रति आपत्ति जनाउँदै यसलाई थप कडाई गर्ने भएको हो । फलस्वरुप यो नियम तोड्नेहरूलाई पत्ता लगाउन सरकारले सार्वजनिक स्थलमा क्यामेरा जडान गरि महिलामाथि निगरानी राख्न लागेको हो ।  

स्थानीय सञ्चार माध्यमका अनुसार यो क्यामेराले नियम उल्लङ्घन गर्ने महिलाको पहिचान सहित कुन स्थान र कहाँ नियम उल्लङ्घन गरेको हो स्पष्ट जानकारी दिनेछ । सो विवरण सहित सम्बन्धित महिलालाई सूचित गराइनेछ । 
साथै सामुदायिक मूल्य र मान्यताको विपरित गइ बारम्बार सरकारको कानून तोड्नेलाई सजाय हुने इरान सरकारले बताएको छ । 

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ ११:५७