close

नयाँ वर्षमा एनसेलको अफर, ४९९ रुपैयाँमा एक महिनाका लागि २० जीबी डेटा

टेकपाना टेकपाना

चैत २९, २०७९ १८:२२

नयाँ वर्षमा एनसेलको अफर, ४९९ रुपैयाँमा एक महिनाका लागि २० जीबी डेटा

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले नयाँ वर्ष २०८० को अवसरमा अफर ल्याएको छ ।​ यसअन्तर्गत कम्पनीले विभिन्न डेटा प्याकेज घोषणा गरेको छ ।

कम्पनीका अनुसार ग्राहकले ६५ रूपैयाँमा तीन दिनका लागि २ जीबी डेटा खरिद गर्न सकिनेछ । त्यस्तै ४९९ रूपैयाँमा २८ दिनका लागि २० जीबी डेटा पाउन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै ८८८ रूपैयाँमा २८ दिनका लागि ८८ जीबी डेटा लिन सकिनेछ । यी प्याक खरिद गर्न *१७१२३# डायल गर्न सकिन्छ । साथै एनसेल एप वा वेबसाइटमा पनि प्याकेज खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १८:३४