close

नेपालमा एक करोड ६७ लाखले प्रयोग गर्छन डिजिटल वालेट

टेकपाना टेकपाना

चैत ३०, २०७९ १५:३३

नेपालमा एक करोड ६७ लाखले प्रयोग गर्छन डिजिटल वालेट

काठमाडौं । नेपालमा एक कराेड ६७ लाख बढीले डिजिटल वालेट प्रयाेग गर्ने गरेकाे पाइएकाे छ । नियामक नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको 'मासिक भुक्तानी प्रणाली सूचक' प्रतिवेदन अनुसार नेपालमा फागुन महिनासम्म डिजिटल वालेटका प्रयाेगकर्ता एक करोड ६७ लाख ५१ हजार ७१३ रहेका छन् ।

उक्त प्रतिवेदन अनुसार फागुनमा मात्रै पाँच लाखभन्दा बढी डिजिटल वालेट प्रयाेगकर्ता थपिएका छन् । गत माघसम्म डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ६१ लाख २६ हजार ४३३ रहेको थियो ।

त्यस्तै गत आर्थिक वर्ष २०७८-८० काे पहिलाे आठ महिना अर्थात् फागुन महिनासम्म डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड १३ लाख ५७ हजार ३९३ थियो । यसबीच डिजिटल वालेटमा ४७ प्रतिशत प्रयाेगकर्ता बढेका छन् ।

डिजिटल वालेटबाट हुने कारोबारको सङ्ख्या पनि बढिरहेकाे छ । गत फागुनमा मात्रै विभिन्न डिजिटल वालेटबाट १८ अर्ब १५ करोड ६० लाख रुपैयाँको कारोबार भएको तथ्याङ्कले देखाएको छ । नेपालमा हाल २७ ओटा भुक्तानी सेवा प्रदायकले इजाजत प्राप्त गरी सेवा सञ्चालन गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १५:३३