close

कोडरका लागि अमेजनले ल्यायो निःशुल्क असिस्टेन्ट टुल

टेकपाना टेकपाना

बैशाख ४, २०८० १३:१५

कोडरका लागि अमेजनले ल्यायो निःशुल्क असिस्टेन्ट टुल

काठमाडौं । अमेजनले एआई एकीकृत गरिएको आफ्नो कोडिङ असिस्टेन्ट टुल सार्वजनिक गरेकाे छ । ‘कोडविस्पर्र’ (CodeWhisperer) नाम दिइएकाे याे टुलले विवरण दिएको भर (प्रम्प्ट) मै कोड तयार पारिदिने छ ।

त्यस्तै ‘भिजुअल स्टुडियो कोड’ जस्ता ‘इन्टिग्रेटेड डेभलपमेन्ट इन्भाइरोमेन्ट’ (आईडीई) मा कोड तयार पार्न याे टुल प्रयोग गर्न सकिने बताइएको छ । यस टुलले पाइथन, जाभा, सी, सी++, सी# लगायतका प्रोग्रामिङ ल्याङ्ग्वेज सपोर्ट गर्छ । त्यस्तै कोडमा भएका गल्ती पहिचान गर्ने, ओपन सोर्सको ट्रेनिङ डेटासँग मिल्ने कोड पत्ता लगाउने जस्ता काम गर्नसक्छ ।

साथै डेभलपरले लेखेको कोडमा भएका कमजोरी पत्ता लगाउन यस टुलमा ‘सेक्युरिटी स्क्यानिङ’ पनि राखिएको छ । प्रोग्रामरहरूले यसबाट फाइदा उठाउन नि:शुल्क अकाउन्ट बनाए पुग्छ ।

परीक्षणका लागि अमेजनले यो टुल गत वर्ष नै सार्वजनिक गरेको थियो । त्यसबेला कम्पनीले यो सेवा अमेजन वेब सर्भिस (एडब्लुएस) का ग्राहकलाई मात्र उपलब्ध गराएकोमा यस पटक भने सबैका लागि नि: शुल्क उपलब्ध गराएको छ ।

अमेजनको यो कदमले मासिक १० डलर (करिब १३ सय रुपैयाँ) वा वार्षिक १०० डलर (करिब १३ हजार रूपैयाँ) तिरेर प्रयोग गर्न मिल्ने माइक्रोसफ्टको कोपाइलट (Copilot) लाई असर पार्नसक्ने अनुमान गरिएकाे छ ।

हाल माइक्रोसफ्टले विद्यार्थी र चर्चित ओपन सोर्स परियोजनाका डेभलपरहरूलाई मात्र आफ्नो उक्त टुल नि:शुल्क उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८० १३:१५