फक्सवागनको नयाँ विद्युतीय कार सार्वजनिक, सिङ्गल चार्जमा ७०० किलोमिटर गुड्ने
बैशाख ५, २०८० १३:३६
काठमाडौं । फक्सवागनले अधिकतम ७०० किलोमिटरकाे रेन्ज दिने विद्युतीय कार सार्वजनिक गरेको छ ।
विश्वकै सबैभन्दा ठूलो अटो शो 'अटो साङ्घाई २०२३' काे अवसरमा कम्पनीले एक पटकको फूल चार्जमा लामाे दूरीसम्म गुड्नसक्ने विद्युतीय कार सार्वजनिक गरेको हो ।
'आईडी.७ सेडान' नाम दिइएको यो कारलाई कम्पनीले आफ्नो फ्ल्यागशिप मोडेलको रुपमा अगाडि सारेको छ ।
योसँगै अन्य ठूला ब्रान्ड जेनरल मोटर्स, बीएमडब्लु र निसान लगायत चिनियाँ ब्रान्ड बीवाईडी र निओले पनि आफ्ना नयाँ उत्पादनहरू कार्यक्रममा सार्वजनिक गरेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८० ११:१६
