close

फक्सवागनको नयाँ विद्युतीय कार सार्वजनिक, सिङ्गल चार्जमा ७०० किलोमिटर गुड्ने

टेकपाना टेकपाना

बैशाख ५, २०८० १३:३६

फक्सवागनको नयाँ विद्युतीय कार सार्वजनिक, सिङ्गल चार्जमा ७०० किलोमिटर गुड्ने

काठमाडौं । ​फक्सवागनले अधिकतम ७०० किलोमिटरकाे रेन्ज दिने विद्युतीय कार सार्वजनिक गरेको छ ।

विश्वकै सबैभन्दा ठूलो अटो शो 'अटो साङ्घाई २०२३' काे अवसरमा कम्पनीले  एक पटकको फूल चार्जमा लामाे दूरीसम्म गुड्नसक्ने विद्युतीय कार सार्वजनिक गरेको हो ।

'आईडी.७ सेडान' नाम दिइएको यो कारलाई कम्पनीले आफ्नो फ्ल्यागशिप मोडेलको रुपमा अगाडि सारेको छ ।

योसँगै अन्य ठूला ब्रान्ड जेनरल मोटर्स, बीएमडब्लु र निसान लगायत चिनियाँ ब्रान्ड बीवाईडी र निओले पनि आफ्ना नयाँ उत्पादनहरू कार्यक्रममा सार्वजनिक गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८० ११:१६