close

सिस्टम अपग्रेड गर्दै ईसेवा, आज राति डेढ घण्टासम्म सेवा नचल्ने

टेकपाना टेकपाना

बैशाख ५, २०८० १९:२६

सिस्टम अपग्रेड गर्दै ईसेवा, आज राति डेढ घण्टासम्म सेवा नचल्ने

काठमाडौं । आज राति डेढ घण्टासम्म ईसेवा अवरुद्ध हुने भएको छ । डेटाबेस भर्सन अपग्रेड गर्नुपर्ने भएकाले बुधबार बिहान १ बजेदेखि साढे २ बजेसम्म सेवा नचल्ने कम्पनीले जानकारी दिएकाे छ ।

“ई-सेवाको अन्तिम चरणको  डेटा भर्सन अपग्रेड ( Database Version Upgrade) सम्बन्धी कार्य गर्न वैशाख ६ गते, बुधबार बिहान १ बजेदेखि २:३० बजेसम्म ईसेवाका सम्पूर्ण सेवा अवरुद्ध हुनेछ,” कम्पनीको सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८० १९:२६