close

सामाजिक सञ्जालमा काङ्ग्रेस विरुद्ध संगठित आक्रमण भयोः देउवा

टेकपाना टेकपाना

बैशाख १२, २०८० १६:१२

सामाजिक सञ्जालमा काङ्ग्रेस विरुद्ध संगठित आक्रमण भयोः देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा आफ्नो पार्टीविरुद्ध आक्रमण बढेको अभिव्यक्ति दिएका छन् ।

मंगलबार सांसदको राय लिन आयोजना गरिएको पार्टीको संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले उपनिर्वाचनको क्रममा आफ्नो पार्टी र नेताविरुद्ध सामाजिक सञ्जालमा सङ्गठित आक्रमण भएको गुनासो गरे ।

बैठकमा सहभागी एक सांसदका अनुसार सामाजिक सञ्जालबाट गरिएको संगठित प्रहारका कारण तनहुँ १ मा काङ्ग्रेस उम्मेदवार पराजित भएको विश्लेषण गरिएको थियो ।

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेसँग काङ्ग्रेसका उम्मेदवार गोविन्द भट्टराई पराजित भएका थिए । नयाँ दलले गरेको प्रचार अभियानका अगाडि काङ्ग्रेस कमजोर भएकाले पनि पराजित हुनुपरेको नेताहरूले सुनाएका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८० १६:२३