close

नेपाल टेलिकमको पोर्टल ह्याक गरेको इन्डोनेसियाली ह्याकरको दाबी

टेकपाना टेकपाना

बैशाख १३, २०८० २२:१०

नेपाल टेलिकमको पोर्टल ह्याक गरेको इन्डोनेसियाली ह्याकरको दाबी

काठमाडौं । इन्डोनेसियाली ह्याकरको एक समूहले नेपाल टेलिकमको मनिटरिङ पोर्टल ह्याक गरेको दाबी गरेकाे छ । 'Ganosec Team' नाम भएकाे उक्त समूहले टेलिग्राम च्यानलमार्फत टेलिकमको पोर्टल कब्जामा लिएकाे दाबी गरेकाे हाे ।

यसअघि भारतका विभिन्न वेबसाइट ह्याक गरेको दाबी गर्ने यो समूहले टेलिग्राम पोस्टमा भारतसँगको आफ्नो मामिलामा नेपाललाई कहिल्यै हस्तक्षेप नगर्न चेतावनी दिएकाे छ ।

साइबर सुरक्षा विश्लेषक विजय लिम्बूले इन्डाेनेसियाली ह्याकरहरूले नेपाल सरकार र यस मातहतका एजेन्सीको वेबसाइटमाथि आक्रमण गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार यही समूहले टेलिकमकाे मनिटरिङ पाेर्टल कब्जामा लिई इन्टर्नल बजेट डेटा चुहाएकाे दाबी गरेकाे हाे ।

यता टेलिकमका प्रवक्ता शाेभन अधिकारीले पाेर्टल ह्याक भएकाे विषयमा सम्बन्धित टिमलाई सूचना दिएर अनुसन्धान अघि बढाइएकाे जानकारी दिएका छन् । 

A hacktivist group (Ganosec Team) from Indonesia has claimed to hacked Nepal Telecom Monitoring Portal and has claimed to leaked internal budget data. pic.twitter.com/1EbxKIpUEu

— Bijay Limbu Senihang 🛡️ (@bijaysenihang) April 26, 2023

 

नेपाल टेलिकमको डेटा लिक गरिएको जानकारीः   

https://t.me/ganosecteam/2217

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८० २३:१