close

मोटोरोलाको नयाँ स्मार्टफोन ‘मोटो ई-१३’ बजारमा, मूल्य १२ हजार रुपैयाँ

टेकपाना टेकपाना

बैशाख १५, २०८० १६:१७

मोटोरोलाको नयाँ स्मार्टफोन ‘मोटो ई-१३’ बजारमा, मूल्य १२ हजार रुपैयाँ

काठमाडौं । मोटोरोलाको नयाँ फोन 'मोटो ई-१३' नेपाल भित्रिएकाे छ । मोटोरोलाका लागि नेपालकाे आधिकारिक बिक्रेता कल मोबिलिटीले यो फोन बजारमा ल्याएकाे हो ।

६.५ इन्च आईपीएस एलसीडी डिस्प्ले भएको फाेन एन्ड्रोइड १३ मा आधारित छ, जसमा युनिसेक टी६०६ चिपसेट दिइएकाे छ । त्यस्तै २ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध फाेनकाे मूल्य ११ हजार ९९९ ताेकिएकाे छ । स्टोरेज बढाउनका लागि प्रयोगकर्ताले १ टिबी स्टोरेजको एसडीकार्ड प्रयोग गर्न सक्छन् ।

यो फोन अरोरा ग्रिन र कस्मिक ब्ल्याक गरी दुई कलर भेरियन्टमा उपलब्ध छ । ​फोनमा १३ मेगापिक्सेलको एउटा मात्र रियर क्यामेरा रहेको छ । त्यस्तै सेल्फी पारखीका लागि फोनमा ५ मेगापिक्सेलको क्यामेरा छ ।

यसमा ५००० मेगापिक्सेल क्षमताकाे ब्याट्री छ, जसलाई चार्ज गर्न १० वाटको टाइप-सी चार्जर दिइएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० १६:१७