close

शुक्रबार साँझदेखि बाग्लुङमा टेलिकमको सेवा अवरुद्व

थम्मन थापा

बैशाख १६, २०८० ११:३०

शुक्रबार साँझदेखि बाग्लुङमा टेलिकमको सेवा अवरुद्व

बाग्लुङ । शुक्रबार साँझदेखि बाग्लुङमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा ग्राहक सञ्चारविहीन भएका छन ।

पोखरादेखि बाग्लुङ खण्डको फाइबर चुँडिएपछि मोबाइल सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाग्लुङका प्रमुख ई. इन्जिनियर केशव शर्माले जानकारी दिए ।

यस अन्तर्गत ल्याण्डलाइन, मोबाइल, सीडीएमए सेवा अवरुद्ध भएकाे छ । त्यस्तै टेलिकमको रिपिटर टावरमा समस्या आएकोले माइक्रोवेभ रेडियो लिङ्क समेत बन्द भएको छ ।

मर्मतका लागि पोखराबाट आएको प्राविधिक टोलीले काम गरिरहेको शर्माले बताए ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८० ११:४४