close

गुगल अकाउन्टमा पनि सुरु भयो पासकी

टेकपाना टेकपाना

बैशाख २२, २०८० ११:१३

गुगल अकाउन्टमा पनि सुरु भयो पासकी

काठमाडौं । पहिलो पटक गुगल अकाउन्टमा पासकी सुरु गरिएको छ । विश्व पासवर्ड दिवसकाे अवसर पारी बिहीबार गुगलले पासकी प्रविधि प्रयाेगमा ल्याएकाे हाे ।

गत वर्ष क्रोम र एन्ड्रोइड दुवैमा पासकी लागू गरेको गुगलले अब भने गुगल अकाउन्टमा पनि प्रयाेगमा ल्याएकाे हाे । यद्यपि पासकी सपोर्ट नगर्ने डिभाइसमा पासवर्ड ने प्रयोग गर्नुपर्ने गुगलले जनाएको छ ।

साथै गुगल वर्कस्पेस अकाउन्टमा पनि चाँडै पासकी उपलब्ध गराउने कम्पनीले जनाएको छ । गुगल, एप्पल र माइक्रोसफ्टले फिडो (फास्ट आइडेन्टिटी अनलाइन) संस्था जन्माएर पासकीको प्रयोगलाई बढाइरहेका छन् । यसलाई पहिले नै ईबे, डकुसाइन र पेपालले प्रयोगमा ल्याइसकेका छन् ।

पासकी एप र वेबसाइटमा साइन इन गर्ने सबैभन्दा सजिलो र सुरक्षित तरिका र ‘पासवर्डविहीन भविष्य’ तर्फको कदम भएको गुगलले लेखेको छ ।

पासवर्ड प्रयोग नगरी साइटमा लगइन गर्नका लागि तयार गरिएको नयाँ लगइन प्रणाली नै पासकी हो । यसले अकान्टमा लगइन गर्न बायोमेट्रिक आइडेन्टिफिकेसन वा फोन पिन प्रयोग गर्ने गर्छ । यसले फिशिङ जस्ता अनलाइन आक्रमणबाट समेत बचाउने दाबी गरिएको छ ।

पासकीले डिभाइसमा भण्डारण हुने क्रिप्टोग्राफिक प्राइभेट कीलाई प्रयोग गरी सिग्नेचर बनाउने काम गर्छ । त्यसलाई गुगलले अपलोड गर्ने पब्लिक कीले प्रमाणित गर्ने गर्छ । आफ्नो गुगल अकाउन्टमा यो फिचर प्रयोग गर्न यहाँ जानुहोस् । 

यी पनि पढ्नुहोस्:

पासवर्डलाई विस्थापित गर्नसक्ने ‘पासकी’ के हो, अनि कसरी प्रयोग गर्ने ?

फेसआईडी वा टचआईडी प्रयोग गरेर पासवर्डलाई यसरी बनाउनुहोस् 'पासकी'

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८० ११:१३