close

ईडीभी रिजल्ट हेर्ने वेबसाइट डाउन

टेकपाना टेकपाना

बैशाख २३, २०८० २२:१८

ईडीभी रिजल्ट हेर्ने वेबसाइट डाउन

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२४ का लागि खुलाएको ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्रीको नतिजा सार्वजनिक भएको छ । तर, नतिजा सार्वजनिक भएको १० मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ ।

अमेरिकी राज्य विभागको कन्सुलर मामिलाको फेसबुकबाट एक पोस्ट राख्दै शनिबार राति ९:४५ पछि नतिजा हेर्न सकिने भन्दै लिङ्क राखेको थियो । तर, उक्त लिङ्क अहिले डाउन भएकाे भन्दै सामाजिक सञ्जालमा सयाैं प्रयाेगकर्ताले प्रतिक्रिया जनाएका छन् ।

एक्कासि ठूलो सङ्ख्यामा ट्राफिक आउँदा साइट डाउन भएको अनुमान गरिएको छ । साइट रिकभर भएपछि यहाँ क्लिक गरी कन्फर्मेसन नम्बर राखेर ईडीभी लट्रीको नतिजा हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८० २२:२५