close

सरकारी वित्तीय प्रणाली एकआपसमा अन्तर-आबद्ध

टेकपाना टेकपाना

जेठ १४, २०८० १५:४९

सरकारी वित्तीय प्रणाली एकआपसमा अन्तर-आबद्ध

काठमाडौं । सरकारी काम कारबाहीका लागि तयार गरिएका वित्तीय प्रणालीहरूबीच एकआपसमा अन्तर-आवद्धता कायम गरिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार बजेट व्यवस्थापनका लागि विकास गरिएको मन्त्रालयगत बजेट सूचना प्रणाली (LMBIS), खर्च व्यवस्थापनका लागि विकास गरिएको कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली (CGAS) र भुक्तानी व्यवस्थापनको लागि विकास गरिएको एकल खाता कोष (TSA) बीच अन्तर-आबद्धता कायम गरिएको हो । 

साथै वित्तीय प्रतिवेदन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउन नेपाल सार्वजनिक क्षेत्र लेखामानमा आधारित अनलाइन पोर्टल पनि सञ्चालनमा ल्याइएको रिपोर्टमा उल्लेख छ । 

आर्थिक सर्वेक्षणको रिपोर्ट अनुसार जीएफएसएम २०१४ बमोजिम अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल खाता सूची परिमार्जन भइ लागू भएको छ । त्यस्तै स्थानीय तहमा प्रयोग भइरहेको सूत्र (SUTRA) प्रणालीलाई राष्ट्रिय भुक्तानी इन्टरफेसमा आबद्ध गरी स्थानीय तहको भुक्तानी विद्युतीय कोष हस्तान्तरण मार्फत गर्न थालिएको पनि रिपोर्टमा उल्लेख छ । 

उपयुक्त सुधार प्रयासबाट सार्वजनिक वित्त व्यवस्थापन थप सबल, सुदृढ र प्रविधिमैत्री बन्दै गएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १६:४