close

पूर्व पश्चिम विद्युतीय रेलमार्ग प्रगतिः चालू आवमा जम्मा २ किमि ट्रयाक बेड तयार

टेकपाना टेकपाना

जेठ १४, २०८० १६:३५

पूर्व पश्चिम विद्युतीय रेलमार्ग प्रगतिः चालू आवमा जम्मा २ किमि ट्रयाक बेड तयार

काठमाडौं । पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणको कार्य अत्यन्तै सुस्त रहेको पाइएको छ । आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्म केवल दुई किलोमिटर मात्रै ट्रयाक बेड तयार भएको हो । 

रेलमार्ग अन्तर्गत बर्दिबासदेखि निजगढ खण्डमा गत असार मसान्तसम्म ५२.५ किलोमिटर ट्रयाक बेड र पाँच ओटा पुल निर्माण भएका थिए । त्यसयता दुई किलोमिटर ट्रयाक बेड थपिएर ५४.५ किलोमिटर पुगेको छ भने दुई ओटा नयाँ पुल बनेका छन् । 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १६:३६