close

सार्वजनिक पुस्तकालयको डिजिटलाइजेसन गर्दै सरकार

टेकपाना टेकपाना

जेठ १५, २०८० १८:२३

सार्वजनिक पुस्तकालयको डिजिटलाइजेसन गर्दै सरकार

काठमाडौं । सरकारले सरकारी पुस्तकालयहरूको डिजिटलाइजेसन गर्ने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार मातहतमा रहेका पुस्तकालयहरूको डिजिटलाइजेसन गर्ने योजना सुनाएका हुन् ।

यसअन्तर्गत काठमाडौंको केशर पुस्तकालय र डिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय साथै भक्तपुरको राष्ट्रिय पुस्तकालयको डिजिटलाइजेसन गरिने उनले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १८:२३