close

सामाजिक सुरक्षा भत्ता अब सोझै लाभग्राहीको बैंक खातामा

टेकपाना टेकपाना

जेठ १५, २०८० १८:३३

सामाजिक सुरक्षा भत्ता अब सोझै लाभग्राहीको बैंक खातामा

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता अब सोझै लाभग्राहीको बैंक खातामा पठाउने भएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

“व्यक्तिगत घटना दर्तालाई वडास्तरबाट विद्युतीय प्रणालीमार्फत पञ्जीकरण हुने व्यवस्था मिलाइनेछ,” अर्थमन्त्री डा. महतले भने, “सामाजिक सुरक्षा सूचना प्रणालीलाई विद्युतीय सरकारी लेखा प्रणाली र एकल खाता कोष प्रणालीमा आबद्ध गरी सामाजिक सुरक्षा भत्ता सिधै लाभग्राहीको बैंक खातामा जाने व्यवस्था मिलाइनेछ ।”

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १८:३३