close

सरकारले प्राकृतिक प्रकोपको पूर्व सूचना दिने प्रणाली बनाउने

टेकपाना टेकपाना

जेठ १६, २०८० १३:१

सरकारले प्राकृतिक प्रकोपको पूर्व सूचना दिने प्रणाली बनाउने

काठमाडौं । सरकारले प्राकृतिक प्रकोपको पूर्व सूचना दिने प्रणाली बनाउने भएको छ ।  सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

“विपद् जोखिम न्यूनीकरण गर्न बहुप्रकोपीय पूर्व चेतावनी राष्ट्रिय प्रणाली स्थापना तथा बहुप्रकोपीय जोखिम आँकलन गर्ने प्रणाली स्थापना गरिनेछ,” उनले अगाडि भने, “सूचना प्रविधिको प्रयोग गरी विपद् जोखिम न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली सञ्चालन गरिनेछ ।”  

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १३:१