close

कच्ची सडकमा कुदाउन सकिने ईभी ल्याउँदै बीवाईडी

टेकपाना टेकपाना

जेठ २७, २०८० ९:४८

कच्ची सडकमा कुदाउन सकिने ईभी ल्याउँदै बीवाईडी

काठमाडौं । चिनियाँ सवारी निर्माता कम्पनी बीवाईडीले ईभीको नयाँ ब्रान्डको नाम घोषणा गरेको छ । अफ-रोड र स्पोर्टमा केन्द्रित उक्त ब्रान्डको नाम शुक्रबार चीनको राजधानी बेइजिङमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

कम्पनीले याे विद्युतीय सवारी ब्रान्डको नाम ‘फाङ चेङ बायो’ राखेको छ । चिनियाँ शब्दमा राखिएको यो नामको अर्थ ‘शुत्र’ र ‘चितुवा’ भन्ने बुझिन्छ ।

चितुवालाई सबैभन्दा तीव्र गतिमा दौड्ने प्राणीका रूपमा चिनिन्छ । यसैलाई आधार मान्ने हो भने कम्पनीले नयाँ ब्रान्डलाई स्पिडमा बढी प्राथमिकता दिने सङ्केत दिएको छ ।

यस ब्रान्ड अन्तर्गतको पहिलो मोडेल कम्पनीले २०२३ भित्रै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यो ब्रान्ड बीवाईडीले बजारमा ल्याएका पियोर ईभी र प्लग-इन हाइब्रिड मोडेल अन्तर्गतका डाइनेस्टी तथा ओसन सिरिज पछिको ब्रान्ड हो ।

“ईभीलाई जसरी मानिसहरूले जीवांश इन्धनका सवारीलाई प्रतिस्थापन गर्ने तत्वका रूपमा हेरेका छन्, त्यसलाई पूर्णता दिनेमा हामी विश्वस्त छौं,” बीबाईडीका अध्यक्ष वाङ चुआनफुले एक विज्ञप्तिमा भनेका छन् । 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८० ९:४८